भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो ।
विगत केही वर्षदेखि दुई देशबीचको सम्बन्धमा देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हाे । कश्मिर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ ।
विदेशमन्त्री एस जयशंकर सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन उनी पाकिस्तान पुगेका हुन् । पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससिओ शिखर सम्मेलन हुँदै छ ।
शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्षी इशाक दारबीच द्विपक्षीय वार्तालाई भने दुवै पक्षले अस्वीकार गरेका छन् ।
सांघाई सहयोग संगठनमा चीन, भारत पाकिस्तान, बेलारुस, रुस, इरान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्वेकिस्तान गरी १० देश स्थायी सदस्य रहेका छन् । साे संगठन २००१ को जुन १५ मा स्थापना भएको हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।