नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पक्राउ परेका छन् । उनले आफूलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेकाे बताएका छन् । उनले आफूलाई नियन्त्रणमा लिनुको कारण थाहा नभएको बताएका छन्।
मंगलबार साँझ रुबी खानलगायतले निर्मला कुर्मीलाई न्याय माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका थिए। प्रहरीले रुबी खानसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
उक्त प्रदर्शनका क्रममा सवारी जाम भएको थियो। सोही बाटोमा रहेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले आफूलाई बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ लगेकाे र त्यसपछि स्वास्थ्य परीक्षणका लागि भन्दै वीर अस्पताल ल्याएको उनले बताएका छन्।
बालुवाटारमा प्रदर्शनका क्रममा सवारी जाम भएको, त्यस क्रममा एकजना चिनेको व्यक्तिलाई देखेर उनीसँग कुरा गर्दैगर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।