logo-img

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा आज ६ जनाको उद्धार

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत आज ६ जना सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ हिजोदेखि सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । यसक्रममा आज उद्धार टोलीले झापाको दमकदेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिकस्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवको उद्धार गरिएको हो ।

उद्धार टोली सदस्य रामजी अधिकारीले झापाको दमक नगरपालिकाबाट दुई, मोरङको बेलबारीबाट दुई, ग्रामथान गाउँपालिकाबाट एक र विराटनगर महानगरपालिका-१५, रामजानकी मार्गबाट एक जनाको उद्धार गरिएको जानकारी दिए । यात्राको पहिलो दिन सोमबार १० जना सडक आश्रित मानवको उद्धार गरिएको उनले बताए । उद्धार गरिएकाहरूलाई आजै मानव सेवा आश्रम विराटनगर सेवा केन्द्रमा गृह प्रवेश गराइएको छ ।







  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया