logo-img

बोलिभियाको पोस्टमा अर्जेन्टिनाको ६ गोल, मेस्सीको ह्याट्रिक

कप्तान लियोनल मेस्सीको सानदार प्रदर्शनमा फिफा विश्वकप २०२६ छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६–० गोल अन्तरले हराएको छ ।  

बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले ह्याट्रिक गरे । साथै, उनको नाममा दुई असिस्टसमेत रह्यो ।    

मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका हुन् । उनले खेलको १९, ८४ र ८६औँ मिनेटमा गोल गरे । यस्तै, लौटारो मार्टिनेज, जुलियन अल्भारेज र थिअगो अल्माडाले समान एक गोल गरे ।   

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । १० खेल खेल्दा सातमा जित निकालेको अर्जेन्टिनाले २२ अंक जोडेको छ ।

समान खेलबाट १९ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा छ । १२ अंक जोडेको बोलिभिया सातौं स्थानमा छ । 





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया