logo-img

वेस्ट इण्डिज विश्वकपको सेमिफाइनलमा, इंग्ल्याण्ड समूह चरणबाटै बाहिरियो

वेस्ट इण्डिज महिला नवौँ संस्करणको टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डलाई ६ विकेटले हराउँदै वेस्ट इण्डिज विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

लिग चरणको अन्तिम खेलमा इंग्ल्याण्डले दिएको १ सय ४२ रनको लक्ष्य वेस्ट इण्डिजले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कियाना जोसेफले ३८ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाइन् ।

यस्तै, कप्तान ह्वेली म्याथ्यूजले ३८ बलमा सात चौका र एक छक्कासहित ५० रनको इनिङ खेलिन् । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

उसका लागि नेट स्काइभर-ब्रन्टले ५० बलमा पाँच चौकासहित अविजित ५७ रन बनाइन् । अफ्य फ्लेचरले ४ ओभरमा २१ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । 



यो जितपछि समूह ‘बी’ बाट अब वेस्ट इण्डिजसँगै दक्षिण अफ्रिका सेमिफाइनल पुगे । वेस्ट इण्डिजसँगको फराकिलो हारले कमजोर नेट रन रेटका कारण इंग्ल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।  



इंग्ल्याण्ड र वेस्ट इण्डिजको खेल सकिएसँगै विश्वकपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अब पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा दोस्रो सेमिफाइनलमा वेस्ट इण्डिज र न्यूजिल्याण्ड प्रतिस्पर्धा गर्ने छन् । 

  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया