logo-img

विश्वकप छनोटमा पेरुविरुद्ध ब्राजिलको सानदार जित

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पेरुविरुद्ध ४–० गोल अन्तरको जित निकालेको छ । जारी प्रतियोगितामा ब्राजिलको यो लगातार दोस्रो तथा समग्रमा पाँचौं जित हो । उसले पछिल्लो खेलमा चिलीलाई २–१ ले हराएको थियो ।

पेरुविरुद्ध ब्राजिलको सानदार जितमा राफिन्हाले दुई, आन्द्रेज पेरिरा र लुइज हेनरिकले एक/एक गोल गरे ।

बुधवार बिहान भएको खेलमा राफिन्हाले ३८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । उनले नै ५४औँ मिनेटमा फेरि पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई २–० ले अघि बढाए । 

खेलको ७१औँ मिनेटमा पेरिराले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । ७४औँ मिनेटमा हेनरिकले गोल गर्दै ब्राजिललाई ४–० को फराकिलो जित दिलाए । यो जितपछि ब्राजिल दक्षिण अमेरिकी छनोटमा चौथो स्थानमा उक्लिएको छ । १० खेल खेलेको उसले १६ अंक जोडेको छ ।  

समान खेलबाट १६ अङ्कनै बनाएको उरुग्वे गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ । दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा भने अर्जेन्टिना रहेको छ । उसले १० खेलबाट २२ अंक जोडेको छ । यस्तै, कोलम्बिया १९ अङ्कसहित दोस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया