logo-img

बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित

तनहुँको देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैँचामा लटरम्म फल लागेका छन् । तर, फलमा रोग लागेकाले किसान चिन्तित छन् ।

यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो । सुन्तला बगैँचा लगाएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग सुन्तलामा लागेको बताए ।

रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ । आफ्नो बगैँचामा पनि लटरम्म सुन्तला फलेका तर रोगब्याधी लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई सताएको छ ।

सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको दु:खेसो उनले गरे । तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभइ काठमाडौं उपत्यकामा पनि खपत हुने गरेको छ ।

गत वर्ष लुङग्रिङ गाउँबाट ३ करोड रुपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया