logo-img

ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबार प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको छ ।   

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ पुगेको छ । चाँदी मंगलबार पनि प्रतितोला २५ रुपैयाँले बढेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि सुन-चाँदी मूल्य वृद्धि भएको हो ।  

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस २६६६.४९ डलर र चाँदीको भाउ प्रतिऔँस ३१.६६ डलर रहेको छ ।
 





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया