logo-img

चीनको चमत्कार : पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण

नयाँ आविष्कारमा चीनले तीव्रता मात्रै दिएको छैन नयाँ-नयाँ सफलता पनि हात पारिराखेको छ । विज्ञान तथा प्रविधि क्षेत्रमा चीनले चमत्कार गरिरहेको हो । बुधवार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको छ ।

उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ । स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३:४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । 

यसलाई भूमि सर्वेक्षण, सहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ । 





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया