logo-img

प्रचण्डले लगाउँदैनन् दसैँको टीका, भन्छन्- मन पर्दैन, मेरो प्राथमिकतामा पर्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दसैँ आफ्नो प्राथमिकतामा नपरेको बताएका छन् । बुधबार कुराकानीका क्रममा बडादसैँलाई आफूले पहिलेदेखि नै महत्त्व नदिएको तर परिवारका सदस्यहरूलाई साथ दिने गरेको प्रतिक्रिया दिए । 

‘जनयुद्धभरि र त्यसपछि पनि दसैँ मेरो त्यति प्राथमिकतामा पर्दैन । यसलाई सामान्य रूपमै लिने गर्छु ।  घरमा परिवारका सदस्यहरू, छोराछोरी, नाति नातिनाहरूलाई टीका लगाउने गर्छन् । उनीहरूलाई सहयोग चाहिँ गर्छु,’ अध्यक्ष दाहालले भने ।

अध्यक्ष दाहालले दसैँमा प्राय टीका लगाउने गरेका छैनन् । तर २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्बिर सार्वजनिक भएको थियो । लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासूको हातबाट टीका लगाएको तस्बिर उनकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गरेकी थिइन । 





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया