logo-img

नेप्से ४३ अंकले बढेर २७४२ अंकमा पुग्यो, कारोबार पनि बढ्यो

यो साता कारोबारको दोस्रो दिन पनि नेप्से सूचक उच्च अंकले बढेको छ । मंगलबार ३१ अंकले बढेको सेयर बजार बुधबार ४३ अंकले बढेको हो ।

नेप्से परिसूचक ४३.२२ अंकले बढेसँगै २७४२ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको कारोबार भएको छ ।

बुधबार ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको हो । बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका हुन् ।  





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया