logo-img

बिहीबारदेखि सुरु हुँदै साफ वुमन्स च्याम्पियनसिप प्रतियोगिता

बिहीबार अर्थात कात्तिक १ गतेबाट सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालमा लगातार तेस्रो पटक हुन लागेको हो ।

नेपालले पहिलो पटक सन् २०१९ मा विराटनगरमा र दुई वर्षअघि काठमाडौंमा साफको आयोजना गरेको थियो । प्रतियोगिताका लागि सबै टोली काठमाडौं आइसकेका छन् ।

च्याम्पियनसिपको उद्घाटन खेल भोलि बिहीबार समूह ‘ए’मा रहेकाे भारत र पाकिस्तानबीच हुनेछ । समूह ‘बी’मा रहेको आयोजक नेपालले भने आफ्नो पहिलो खेलमा शुक्रबार भुटानसँग खेल्नेछ । प्रतियोगिताको अघिल्लो दिन आयोजित प्रि-म्याच कन्फेरेन्समा सहभागी सात वटै टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए ।

नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको तयारीका लागि थोरै समय भएपनि टिम तयार रहेको बताए । एन्जिला तुम्बापोको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा गरिएको थियो ।

उद्घाटन खेल कात्तिक १ गते साविक विजेता बंगलादेश र पाकिस्तानबीच पनि हुनेछ । समूह ‘ए’ मा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । अर्को समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् ।



समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनल गरि साफको सातौं संस्करणमा १२ खेल हुनेछन् ।कात्तिक १४ गतेसम्म हुने च्याम्पियनसिपका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइनेछ ।

नेपाली टोलीमा एन्जीला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला बिक, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी,सजनी थोकर रहेका छन् । 
 



  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया