logo-img

प्रधानमन्त्रीले बोलाए विपद्‌ न्यूनीकरण राष्ट्रिय परिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बाेलाएका छन् । गत ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावितका लागि विभिन्न नीतिगत निर्णय गर्न बैठक बोलाइएकाे हाे ।

त्यसअघि बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिकाे बैठक बस्नेछ । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार गठित समिति र परिषद् बैठकमा छलफल गर्न विभिन्न एजेन्डाहरु तय भइसकेका छन् ।

बैठकले संकटग्रस्त घोषणा भएका स्थानीय तहहरुको अवस्थबारे छलफल गर्नेछ । अस्थायी आवास निर्माणलाई प्राथमिकता दिने गरी केही निर्णय पनि गर्ने सम्भावना छ । प्रभावित क्षेत्रमा कस्ता कार्यक्रमहरु लैजाने भन्नेबार छलफल हुनेछ ।

शुक्रबारकाे बैठकमा बाढी-पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के–के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुने स्रोतकाे भनाइ छ । बाढीपहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरु निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ ।





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया