logo-img

राप्रपा महामन्त्री राणालाई क्यान्सर

गरिरहेका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणालाई गिजामा क्यान्सर देखिएकाे छ । क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा क्यान्सरको उपचार गरेर उनी अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । 

अस्पतालमा डा. सुल्तान प्रधानको टिमले उनकाे शल्यक्रिया गरेको थियो । राणा अस्पतालबाट मंगलबार डिस्चार्ज भए भने केही दिन मुम्बई बसेर नेपाल फर्कने भएका छन् । राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा बफादार भएर निरन्तर लाग्ने बताएका छन् ।

सामाजिक सञ्जालमा सन्देश जारी गर्दै उनले भनेका छन्, ‘जटिल रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ । देश, जनता र पार्टीका एजेण्डाप्रति बफादार रही जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। तपाईंहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु ।’

उनले भनेका छन्, ‘म स्वास्थ्यलाभ गरी केही दिनमै नेपाल फर्कने जानकारी सम्पूर्ण शुभचिन्तकहरूमा गराउन चाहन्छु ।’ भगवानको आशीर्वाद र तपाईंहरु सबैको प्रार्थनाले म अहिले पूर्ण रूपमा स्वस्थ हुँदै छु । अस्पतालबाट डिस्चार्ज भएको छु । अस्वस्थ्य भई अस्पतालमा उपचाररत भएको बेलामा देश–विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूबाट स्वास्थ्यलाभको शुभकामना प्राप्त भएको छ । तपाईंहरूको असीम माया, प्रेम र स्नेहको लागि हृदयदेखि सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गर्दछु ।'





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया