logo-img

रास्वपाले किन माग्याे प्रतिनिधिसभाको विशेष अधिवेशन ?

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गर्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएकाे छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि अपिल गरेका हुन् । 

राष्ट्रिय जीवनका समसामयिक समस्याहरू तत्काल छलफल गर्न प्रतिनिधिसभाको विशेष अधिवेशन आवश्यक देखिएको भन्दै उनले राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिन पूरा गर्नै लागेको भए पनि घोषित प्रतिबद्धता पूरा गर्नेतर्फ प्रारम्भिक संकेतसम्म देखाउन नसकेको उनकाे दाबी छ । विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको उनकाे दाबी छ । 

मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौँ मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेको र सुशासनको अडान धरमराएको उनले बताएका छन् । संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुने गरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा रहेकाे तर उक्त विषय अहिले ओझेलमा पारिएको उनले उल्लेख गरेका छन् । 

सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता समेत फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्ध गत्यवरोध हुन थालेको विज्ञप्तिमा बताइएको छ । आमनागरिकमा चरम असन्तुष्टि र उद्यमी व्यवसायीमा निराशा बढेको झाले जनाएका छन् । 





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया