logo-img

प्रहरी नागरिकको भरोसायोग्य संगठनका रूपमा स्थापित छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम् परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरीले नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य संगठनका रूपमा स्थापित भएको बताएका छन् ।

६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरीयता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए ।

महानिरीक्षक कुँवरले संगठित अपराधका रूपमा रहेका लागूऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता दिएको बताए ।

बदलिँदो सामाजिक परिवेशसँगै सिर्जित नवीनतम् चुनौतीलाई उच्च मनोबलका साथ निस्तेज पारिएको उल्लेख गर्दै उनले पछिल्ला एक वर्षमा उल्लेखनीय र अपत्यारिला उपलब्धि हासिल भएकाे बताए ।

‘बहुचर्चित तथा जघन्य अपराधको सफल अनुसन्धान, विपद्जन्य घटनाको उद्धार, लागूऔषध, आत्महत्या, लैङ्गिक हिंसा र सवारी दुर्घटना न्यूनीकरणलगायत सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गरिएको छ’, प्रहरी महानिरीक्षक कुँवरले भने ।

उनले पछिल्लो एक वर्षको अवधिमा प्रहरी संगठनको आधुनिकीकरण, सुदृढीकरण र संस्थागत विकासका लागि विभिन्न निकायसँग साझेदारी भएको स्पष्ट पारे ।



महानिरीक्षक कुँवरले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गरी नागरिकको जीउधन र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्दै प्रहरीलाई विश्वसनीय र प्रभावकारी संगठनका रूपमा रुपान्तरणका लागि कटिबद्ध रहन निर्देशन दिएका छन् ।



  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया