logo-img

तिलगंगाका चिकित्सकद्वारा बंगलादेशमा घाइते भएकाको आँखाको उपचार

बंगलादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका हुन् ।

ती बिरामीको उपचारार्थ बंगलादेश सरकारको पहल र नेशनल इन्स्टिच्युट अफ अप्थाल्मोलोजी, बंगलादेशको निमन्त्रणामा सेवा फाउण्डेशन, बंगबन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल बंगलादेशसँगको सहकार्यमा प्रतिष्ठानको प्रतिनिधित्व गर्दै आँखाको पर्दा रोग विशेषज्ञ डा.रबा थापा नेतृत्वको टोलीले उपचार गरेको हो ।

टोलीमा नेपालबाट डा. थापासँगै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका डा. सुशीला पटेल र डा सविता ढकाल सहभागी थिए । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषतः गोलीले क्षति पुगेका आँखामा जतिसक्दो चाँडो उपचार आवश्यक परेकाले ‘केराटोप्लास्टी’ र ‘ग्लोब–सेभिङ’ प्रविधिमा विशेषज्ञता भएका ‘भिट्रेओ रेटिना सर्जन’ र ‘कोर्निया’ विशेषज्ञहरूको मागअनुसार उनीहरू उपचारमा सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवाले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको छ । बंगलादेशमा भएको आन्दोलन र त्यसपछिको नयाँ सरकारले हाल आन्दोलनका घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेको छ ।





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया