logo-img

शिक्षामन्त्री भट्टराईले गरिन् क्षतिग्रस्त विद्यालयको निरीक्षण

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी र पहिरोबाट क्षति पुगेका ललितपुरका विद्यालयको निरीक्षण गरेकी छिन् ।

आज उनले बाढी र पहिरोका कारण क्षति पुगेका कोन्ज्योसोम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय, गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय, वागेश्वरी आधारभूत विद्यालय, महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको निरीक्षण गरेकी हुन् ।

त्यसक्रममा मन्त्री भट्टराईले क्षतिग्रस्त विद्यालयमा आवश्यकता अनुसार तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने, अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।

उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपद् प्रतिरोधी जग्गामा मापदण्ड अनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्नेमा जोड दिए ।

ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले कोन्ज्योसोम गाउँपालिकाको ठोठ्नेखोला क्षेत्रमा बाढीले क्षतिग्रस्त बनाएको वस्तिको स्थानान्तरणका लागि पहल गर्न उनलाई अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक ४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया