logo-img

अमेरिकाविरुद्ध नेपाल फिल्डिङमा, प्लेइङ-११ मा दुई परिवर्तन

अमेरिकाविरुद्धको टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले टस हारेर फिल्डिङको मौका पाएको छ । सिरिजमा नेपाल २–० ले अघि छ । 

नेपाल पहिलो र दोस्रो खेल क्रमशः १७ रन र सुपर ओभरमा विजयी भयो । यदि आज पनि जित निकाल्न सके नेपालले सिरिज क्लिन स्विप गर्नेछ । 

नेपालले गत फेब्रुअरीयता अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिज ‘क्लिन स्विप’ गर्न सकेको छैन । फेब्रुअरीमा नेपालले घरेलु मैदानमा क्यानडासँगको दुई खेलको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको थियो ।  

यसपालि अमेरिकामा नेपाललाई ‘क्लिन स्विप’ गर्ने सुनौलो मौका छ । सिरिजको दुवै खेल नेपालले पहिला ब्याटिङ गरेर जितेको थियो । पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनायो । १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । 

दोस्रो टी–२० आईमा नेपालले थप राम्रो ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ७० रन बनायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाउँदै खेललाई सुपर ओभरमा धकेल्यो । 

सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर दुई रन मात्र बनायो । तीन रनको लक्ष्य नेपालले चार बलमा पूरा गर्‍यो । नेपालको जितमा बलिङमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे ।



तेस्रो खेलमा पनि उनले उत्कृष्ट सुरुवात गरेका छन् । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमै अमेरिकन कप्तान मोनांक पटेललाई २ रनमा एल्बीडब्लू आउट गरे ।

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले तेस्रो टी–२० आईमा करण केसी र सागर ढकाललाई विश्राम दिएर कुशल मल्ल र ललितनारायण राजवंशीलाई मौका दिएको हो ।  



नेपालको प्लेइङ–११ :

  • प्रकाशित मिति : कात्तिक ५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया