logo-img

न्यूजिल्याण्ड पहिलोपटक विश्वकप च्याम्पियन, दक्षिण अफ्रिकाको सपना अधुरै

नवौँ संस्करणको आइसिसी महिला टी–२० विश्वकपको उपाधि न्यूजिल्याण्डले जितेको छ । गएराति सम्पन्न फाइनलमा प्रतिस्पर्धामा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्यूजिल्याण्डले विश्वकप उपाधि जितेको हो । ऊ पहिलोपटक विश्वकप च्याम्पियन बनेको हो । 

दक्षिण अफ्रिका भने यसपालि पनि उपाधि जित्न वञ्चित भयो । फाइनलमा न्यूजिल्याण्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान लौरा वोल्भार्डले २७ बलमा पाँच चौकासहित सर्वाधिक ३३ रन बनाइन् । बाँकी ब्याटरको प्रदर्शन भने सन्तोषजनक रहन सकेन । न्यूजिल्याण्डका लागि बलिङमा रोजमेरी मायर र अमेलिया केरले सर्वाधिक तीन/तीन विकेट लिए । 

त्यसअघि दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो । उसका लागि अमेलिया केरले ३८ बलमा चार चौकासहित सर्वाधिक ४३ रन बनाइन् ।



यस्तै, ब्रुक हलिडेले ३८, सुजी बेट्सले ३२ र म्याडी ग्रीनले १२ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि ननकुलुलेको मलाबाले ४ ओभरमा ३१ रन दिएर सर्वाधिक दुई विकेट लिइन् ।



सेमिफाइनलमा न्यूजिल्याण्डले वेस्ट इण्डिजलाई ८ रनले हराएको थियो । यस्तै, दक्षिण अफ्रिकाकाले पाँचपटकको विश्वकप विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै फाइनलको यात्रा गरेको थियो ।  

  • प्रकाशित मिति : कात्तिक ५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया