logo-img

नेपालसँग १५६ रनमा रोकियो अमेरिका, आज पनि सोमपालको उत्कृष्ट बलिङ

टी–२० सिरिजको अन्तिम तथा तेस्रो खेलमा घरेलु टिम अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर साइतेजा मुक्कामल्लाले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा पाँच चौका र दुई छक्कासहित ६८ रनको पारी खेलेका हुन् । यस्तै, मिलिन्द कुमारले अविजित ४३ र आरोन जोन्सले १३ रन बनाए । 

नेपालका लागि बलिङमा तीव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए । सोमपालले आइतबार दोस्रो टी–२० आईमा पनि सानदार प्रदर्शन गरेका थिए । उक्त खेलमा उनले सुपर ओभरसहित जोड्दा कुल चार विकेट लिए । 

यस्तै, तेस्रो खेलमा रिजन ढकाल र ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे । नेपाल पहिलो र दोस्रो खेल क्रमशः १७ रन र सुपर ओभरमा विजयी भयो । यदि आज पनि जित निकाल्न सके नेपालले सिरिज क्लिन स्विप गर्नेछ । 

नेपालले गत फेब्रुअरीयता अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिज ‘क्लिन स्विप’ गर्न सकेको छैन । फेब्रुअरीमा नेपालले घरेलु मैदानमा क्यानडासँगको दुई खेलको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको थियो ।  

यसपालि अमेरिकामा नेपाललाई ‘क्लिन स्विप’ गर्ने सुनौलो मौका छ । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले तेस्रो टी–२० आईमा करण केसी र सागर ढकाललाई विश्राम दिएर कुशल मल्ल र ललितनारायण राजवंशीलाई मौका दिएको हो ।





  • प्रकाशित मिति : कात्तिक ५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया