logo-img

‘राष्ट्रिय महत्त्व एवम् संवेदनशील विवादलाई प्राथमिकतामा राखेर मुद्दाको फैसला गर्छौँ’

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताएका छन् । पूर्वन्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायालयका काम कारबाहीहरू पारदर्शी हुनुपर्ने बताए । 

उनले अदालतमा हुने गतिविधि र काम कारबाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्ने गरी सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह समेत गरे । कार्यक्रममा पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रकृयामा तत्काल हस्तक्षेप गरी कानुन सम्मत ढङ्गले सक्षम योग्य र इमानदार व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्ने, विवादित न्याय परिषद् नियमावलीमा भएका विवादहरूको उपयुक्त समाधान गरेर मात्र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नु पर्ने बताए ।

यस्तै राष्ट्रिय महत्त्व एवम् संवेदनशील विवादलाई प्राथमिकता दिई शीघ्रातिशीघ्र मुद्दाको फैसला हुनुपर्ने पनि बताए । कार्यक्रममा पूर्व न्यायाधीश फोरमका सचिव पूर्वन्यायाधीश युवराज सुवेदीले मुद्दाको सङ्ख्या कम गर्न मेलमिलाप सम्बन्धी प्रक्रियालाई सबै तहका अदालतले मेलमिलाप सम्बन्धी वातावरण बनाउनु पर्ने बताए ।  





  • प्रकाशित मिति : कात्तिक ६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया