logo-img

सिंहदरबारबाट १०० दिनको प्रगति सार्वजनिक गर्नुअघि बालुवाटारमा सत्ता पक्षीय दलको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सत्ता पक्षीय दलहरूको बैठक बसेको छ । बैठकमा नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी छन् । 

त्यस्तै, बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू पनि सहभागी रहेका छन् । 

यसैबीच, सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री ओलीले आज आफ्नो नेतृत्वको सरकारको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्न लागेका हुन् । 

आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्ने तयारी भइरहेको छ । 





  • प्रकाशित मिति : १७ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया