logo-img

विपत्तिले काम केही धीमा भयो, अब सरकार सम्हालिँदै अघि बढ्दै छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा बनाए पनि सरकार सम्हालिदै अघि बढिरहेको बताएका छन् । वर्तमान सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा दूध र उखु किसानको लामो समयदेखि रोकिएको भुक्तानी उनीहरूले पाएको बताए ।
 
‘लगभग १५ लाख दुग्ध किसानले भुक्तानी पाएका  छन् । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले रु ६० करोड निकासा गरेको थियो’, प्रधानमन्त्री ओलीले भने, ‘करिब ७५ हजार उखु किसानले पनि आफ्नो अनुदान बापतको भुक्तानी पाइसकेका छन् ।’
 
कृषिबाली तथा पशुधन बीमामा समावेश भएका हजारौँ कृषकले पनि अब राहत महसुस गरेका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बितेको एक सय दिनमा, तिनीहरूको बीमा बापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा पठाइएको स्पष्ट पारे । उनले हिउँदे बालीका लागि चाहिने रासायनिक मलको बन्दोबस्त गरिसकिएको जानकारी दिए । 

निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये सङ्घीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड रुपैयाँ यस अवधिमा भुक्तानी भइसकेको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।  





  • प्रकाशित मिति : १३ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया