logo-img

प्रधानमन्त्री ओलीको दाबी : शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सफल भयाैँ

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन वर्तमान सरकार सफल भएको बताएका छन् ।

सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताए ।

‘शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश हो ।’

प्रधानमन्त्री ओलीले यस अवधिमा विभिन्न मन्त्रालयसँग सम्बन्धित चार दर्जनभन्दा बढी ऐन, नियम र कार्यविधिमा सहमति भएको बताए । 





  • प्रकाशित मिति : १२ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया