logo-img

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरूले हातेमालो गर्न आवश्यक रहेको बताएका छन् ।

दाङको देउखुरीमा आज आयोजित अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन नजिकिँदै गएकाले प्रगतिशील शक्तिहरूबीच हातेमालो जरुरी रहेको बताए ।

जनपक्षीय र प्रगतिशील आन्दोलनमा शिक्षकको भूमिका विशिष्ट रहेको बताउँदै महासचिव विप्लवले जनवादी आन्दोलनमा शिक्षकले खेलेको भूमिकाको उच्च रहेको उल्लेख गरे । शिक्षकले नै वास्तविक समाजको धरातल बुझ्ने भन्दै उनले देशभर शिक्षकले विद्यार्थीमार्फत समाजवादी अभियानको बहस चलाउनुपर्ने बताए ।





  • प्रकाशित मिति : ६ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया