logo-img

इरानमा ‘आतंकवादी’ आक्रमण, १० प्रहरीको मृत्यु

लामो समयदेखि अशान्तिले ग्रस्त रहेको दक्षिणपूर्वी इरानको एउटा क्षेत्रमा भएको ‘आतंकवादी’ आक्रमणमा कम्तीमा १० प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् ।

आक्रमण राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर (७४५ माइल) दक्षिण पूर्वमा सिस्तान–बलुचिस्तान प्रान्तमा भएको उक्त आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तान र अफगानिस्तानको सिमानामा पर्छ र इस्लामिक गणतन्त्रको सबैभन्दा गरिब प्रान्तमध्ये एक हो । यस प्रान्तमा इरानी सुरक्षा बल र बलुच अल्पसंख्यक विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागूऔषध तस्करबीच बारम्बार झडपहरू भइरहेका छन् ।

शनिबारको आक्रमण पछिल्ला महिनाहरूमा यस क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक थियो । अक्टोबरको सुरुमा दुईवटा छुट्टाछुट्टै आक्रमणमा प्रान्तमा प्रहरी अधिकारीसहित कम्तीमा छ जनाको मृत्यु भएको थियो ।



पाकिस्तानी सुन्नी जिहादी समूह जैश अल-अदल-आर्मी अफ जस्टिस इन अरेबिकले टेलिग्राममा सन्देश पठाउँदै दुई आक्रमणको जिम्मेवारी लिएको छ । सन् २०१२ मा बलुच पृथकतावादीहरूले गठन गरेको समूहलाई इरान र संयुक्त राज्य अमेरिका दुवैले आतंकवादी संगठन मान्छन् । मेहर एजेन्सीका अनुसार जनवरीको मध्यमा इरानबाट पाकिस्तानमा आक्रमण भएको थियो उक्त आक्रमणमा जैस अल-अदल मुख्यालयलाई निशाना बनाएको थियो ।





  • प्रकाशित मिति : कात्तिक १०, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया