logo-img

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ : बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् । 

बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरू र उद्योगहरू कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् । 

उनले  भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरू, बाबु नानीहरू तथा अध्ययन गर्ने अभियन्ताहरूले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो  देश किन डुबेको भन्ने कुरा । यो  देशमा के समस्या छ ? यो  देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरू, सरकारले चलाएका विभिन्न उद्योगहरू कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’

सिंहदरबारमा रहेको वैद्यखानामा औषधी नभई भवनहरूमा रहेको उनको भनाइ छ । त्यस्तै, उनले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभई ५० हजारमा पनि परिवर्तन हुने गरेको बताए ।



त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र  आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गरे ।  देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गरे ।  





  • प्रकाशित मिति : कात्तिक १४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया