संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतीले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिए ।
यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुचि र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।
परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।