logo-img

सुरु भयाे साफ महिला च्याम्पियनसिपको फाइनल खेल, कसले जित्ला उपाधि ?

साफ महिला च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ । उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच दशरथरंगशालामा अहिले प्रतिस्पर्धा सुरु भएको छ । खेल निर्धारित समय अनुसार नै ६:३० बजे सुरु भएको हो ।

नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौँ पटक साफको फाइनल खेलमा प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य राखेको छ ।

अघिल्लो पटक दशरथ रंगशालामै ३-१ गोलको अन्तरले  नेपाललाई हराएर च्याम्पियन बंगलादेशले यसपटक पनि उपाधि आफ्नो नाममा बनाउने पक्षमा छ । भर्खरै सुरु भएको खेलबाट उपाधिको बाजी कसले मार्छ त्यो भने हेर्न बाँकी नै छ ।



फाइनल खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसमेत दशरथ रंगशाला पुगेका छन् ।





  • प्रकाशित मिति : कात्तिक १४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया