logo-img

इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । 

नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए । टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे । 

नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिए भने लोकश बम र नारायण जोशीले एक एक विकेट लिए ।  







  • प्रकाशित मिति : कात्तिक १६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया