logo-img

प्रधानमन्त्री ओलीको शुभकामना- जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्

आज भाइ टीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदै छ ।

टीकाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । उनले सबैको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस् भन्दै सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन् । 

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइ टीका । समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस् । सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना ! सबैलाई भाइ टीकाको शुभकामना,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 







  • प्रकाशित मिति : कात्तिक १८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया