राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी १५ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियानअघि बढाउन विभिन्न नेतालाई जिम्मेवारी दिनुका साथै प्राइमरी निर्वाचनको कार्यतालिका पनि सार्वजनिक गरेको हो ।
जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्ने छिन् । मधेसमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दा वासिनी कंसाकार कमान्डर तोकिएका छन् ।
यस्तै, लुम्बिनीमा कुसुम महर्जन, कर्णाली मालिमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।