logo-img

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएपछि मनाङे भन्छन्- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे भनिने राजीव गुरुङले आफू विरुद्धको मुद्दाको पूर्णपाठ खोजेका छन् । उनले उक्त पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने एक विज्ञप्ति मार्फत् प्रतिक्रिया दिएका हुन् । 

गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेविरुद्धको ज्यान मार्ने उद्योग मुद्दामा यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको थियो । 

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङेसहित उनको समूहलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । 

सर्वोच्चको फैसलापछि उनी सम्पर्कविहीन भएका खबर आएका थिए । तर, शुक्रबार भने उनले एक विज्ञप्ति जारी गरेर सञ्चारमाध्यमबाट फोन आइरहेकोले मोबाइल अफ गरेको भन्दै सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अदालतमा उपस्थित हुने जनाएका हुन् ।



अहिले गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका मनाङेको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दासमेत सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । 

 





  • प्रकाशित मिति : कात्तिक २३, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया