logo-img

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : १८९ जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत हालसम्म १८९ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गोरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङको गजुरी गाउँपालिका–५ बाट २ गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूकाे उद्धार गरिएको हो ।

शुक्रबार उद्धार भएका ६ जनालाई मानव सेवा आश्रम काठमाडौंंको रानीवन सेवा केन्द्रमा संरक्षणका लागि राखिने भएको छ ।  असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २६ औँ दिन धादिङको गजुरीसम्म आइपुग्दा १८९ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

उद्धार गरिएका १४६ जना पुरुष र ४३ जना महिलाको संख्यामध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् । राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखा हुँदै तनहुँ, चितवन, धादिङका  सडकपेटी रहेका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो ।

साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोलीले शुक्रबार २६ दिनको यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेको छ  भने शनिबारदेखि  काठमाडौं उपत्यका  सडकपेटी तथा सार्वजनिक  स्थानमा रहेका सडकआश्रित मानवहरूको उद्धार सेवामा रहने कार्यक्रम तय भएको छ ।





  • प्रकाशित मिति : कात्तिक २४, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया