पाकिस्तानी क्रिकेटर सोहेब मक्सुदले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । जनकपुरले उनलाई पाँचौं विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो ।
३७ वर्षीय मक्सुदले पाकिस्तानका लागि २६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा २७३ रन बनाएका छन् । उनले अन्तिमपटक सन् २०२१ मा अन्तर्राष्ट्रिय म्याच खेलेका थिए ।
जनकपुरले यसअघि न्युजिल्यान्डका जिमी नीशम, अमेरिकाका जोशुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन र श्रीलंकन मूलका अमेरिकी खेलाडी लाहिरु मिलन्थालाई अनुबन्ध गरिसकेको छ ।
जनकपुरमा राष्ट्रिय किक्रेट टोलीका विकेटकिपर तथा ब्याटर आसिफ शेख ‘मार्की प्लेयर’ रहेका छन् । पहिलो संस्करणको एनपिएल आउँदो १५ मंसिरदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।