logo-img

श्रम स्वीकृतिबिना विदेशमा काम गरिरहेका नेपालीले स्वीकृति पाउने
फाइल तस्बिर

सरकारले श्रम स्वीकृति नै नलिई विदेशमा काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णय गरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । 

‘यो व्यवस्था कार्यान्वयनको प्रक्रियामा छ, प्राविधिक पाटो सुल्झेपछि सहजै श्रम स्वीकृति पाउनेछन् । नयाँ श्रम स्वीकृतिका लागि श्रमिकले ‘बायोमेट्रिक’ दिनुपर्ने हुन्छ । तर, नियोगमा यससम्बन्धी प्रणाली नभएकाले केही ढिलाइ भएको हो’, मन्त्री भण्डारीले भने ।

श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलुसहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन् । श्रमिकलाई श्रम स्वीकृतिको प्रक्रियामा ल्याउन सम्बन्धित मुलुकमा रहेको नियोगका साथै नेपाली सङ्घसंस्थालाई पनि परिचालित गरिने मन्त्री भण्डारीको भनाइ छ । 







  • प्रकाशित मिति : कात्तिक २६, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया