logo-img

सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान दिँदै रवि लामिछाने
फाइल तस्बिर

सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही पुर्‍याइएको छ । 

पोखराबाट जहाजमार्फत् लामिछानेलाई आज रूपन्देही पुर्‍याएर बयान लिन लागिएको हो । उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो ।

लामिछानेलाई पोखराबाट बुद्ध एअरको विमानमार्फत आज साढे १२ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएको थियो । विमानस्थलबाट कडा सुरक्षा घेराबीच बयानका लागि लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको हो । 





  • प्रकाशित मिति : कात्तिक २७, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया