logo-img

एनपिएल : सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक समारोहकाबीच मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक विष्टले गरेका हुन् । 

एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ । जर्सिको कलर पहेँलो रहेको छ । जर्सी रिभिल कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए । 

सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौं नै सुदूरपश्चिममय हुने उनको भनाइ छ । 

क्रिकेटलाई नेपाली समर्थक अथाह माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०,२५ वर्षदेखि जुन उपलब्धि हासिल गर्दै आइरहेको छ । यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ । अब अन्तर्राष्ट्रियस्तरबाट ठूलो लगानीकर्ताहरू भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरूका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ ।’ 





  • प्रकाशित मिति : कात्तिक २७, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया