logo-img

मिसाइल आक्रमणको चेतावनीपछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा मिसाइल आक्रमणको चेतावनी दिएपछि अधिकारीहरूले देशव्यापीरूपमा आक्रमणको चेतावनी जारी गरेका छन् ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘पुटिनले पछिल्लो समयमा किभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको जनाएका छन् ।

युक्रेनी सेनाले यसअघि बुधबार देशको हवाई क्षेत्रमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभतर्फ गइरहेको चेतावनी दिएको थियो ।

‘सावधान १ चेर्निहिभ क्षेत्रमा मिसाइल किभ क्षेत्रतर्फ गइरहेको छ,’ टेलिग्राममार्फत सूचना जारी गरिएको छ ।



युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा एक ३२ वर्षीया आमा र उनका तीन बच्चाहरूको हत्यासहित एक हप्ताको निरन्तर आक्रमण पछि यो आक्रमण भएको हो ।

पछिल्लो समयमा मस्को र किभले एक अर्कालाई लक्षित गरी रातारात विभिन्न आक्रमण गरिरहेका छन् ।



रुसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रुसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेनस्कीले बताएका छन् । 



  • प्रकाशित मिति : कात्तिक २८, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया