logo-img

आफू पक्राउ पर्ने जानकारी थियो दुर्गालाई, भनेका थिए- जुनसुकै मुद्दामा प्रहरीले समात्न सक्छ
फाइल तस्बिर

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भक्तपुरस्थित आफ्नै घरबाट मंगलबार पक्राउ परेका छन् । केही घण्टाअघि उनले आफू पक्राउ पर्न लागेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । 

प्रहरीको सिआइबीले उनलाई पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईँले केही घण्टाअघि मात्र ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै फेसबुकमा पोस्ट गरेका थिए । 

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको उनीमाथि आरोप छ । उनले हालै आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा एक अफवाहजन्य भिडियो रिपोर्ट सार्वजनिक गर्दै कम्बोडियाको स्मार्ट एजियाटा कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर (साढे ३२ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) लगानी गरेको बताएका थिए ।

पक्राउ पर्नुअघि प्रसाईँले ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै लामो स्ट्याटस लेखेका थिए । 



स्टाट्समा भनिएको छ–‘हिँजो मैले कम्बोडीयामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ । मलाई साइबर क्राईम, राज्य द्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु ।’





  • प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया