सामाजिक सञ्जालबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईँलाई वीर अस्पताल लगिएको छ । भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँलाई स्वास्थ्य चेकजाँचका लागि प्रहरीले अस्पताल पुर्याएको हो ।
साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । प्रसाईँलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।