logo-img

पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ ।

मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।   

‘आजको बैठक संक्षिप्त भयो धेरै एजेन्डा पनि भएन, पहिलो एजेन्डा कार्यविधि बनाउने थियो, अस्ति हामीले पालिका सम्मेलन र खबरदारी सभा एकै साथ गर्ने भन्ने निर्णय गरेका थियौं । त्यो पालिका सम्मेलनका लागि विधान त पास भइसकेको हो । त्यसको लागि कार्य विधि चाहिन्छ कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ,’ उनले भने ।



बैठकमा उपचुनावको बारेमा देशभरको रिपोर्ट लिएको भन्दै अहिलेसम्म सबै सकारात्मक नै रहेको सापकोटाले बताए । 

‘दोस्रो कुरा भनेको उपचुनाव छ, त्यसको देशभरको रिपोर्टहरू लिइएको छ । अहिले सम्म सकारात्मक नै छ भन्ने छ । कतिपय ठाउँमा सुनिश्चित जस्तै छ । बागमतीको दोलखादेखि काठमाडौं सम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ,’ उनले भने ।



साथै छिट्टै पार्टीको अर्को बैठक बस्ने पनि प्रवक्ता सापकोटाले बताए ।  



  • प्रकाशित मिति : मंसिर ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया