logo-img

अक्सनमा ‘भाग्यमानी’ बनेको जनकपुर कति बलियो ? को-को छन् टिममा स्टार ? [भिडियोसहित]

पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) यही १५ मंसिरदेखि आयोजना हुँदैछ । लिगलाई भव्य बनाउन आयोजक नेपाल क्रिकेट संघ (क्यान) तयारीमा व्यस्त छ । र, त्यसका लागि टियू ग्राउन्ड सिंगारिन थालिएको छ ।

विगतभन्दा अहिले त्रिवि मैदानको दृश्य बेग्लै छ । यसपटक मैदानको बाउन्ड्री बढाइनुका साथै अनर बक्स, भिआईपी बक्स, दर्शकदीर्घा स्थान व्यवस्थित बनाइएको छ । लिग सुरु हुन डेढ साता बाँकी रहँदा टिमहरू पनि अन्तिम तयारीमा छन् । र, उनीहरूले डेब्यू सिजनमै उपाधि जित्ने दाबी गरिरहेका छन् ।

त्रिवि मैदानको पछिल्लो अवस्था, तस्बिर : क्यान

उपाधि दाबेदारमध्ये एक जनकपुर बोल्ट्स पनि एनपिएलको अन्तिम तयारीमा व्यस्त छ । उसले विदेशी खेलाडीको पनि टुंगो लगाइसकेको छ । यसैबीच, यस सामग्रीमा आसन्न एनपिएलमा जनकपुरको बलियो र कमजोरी पक्षबारे चर्चा गरिएको छ : 



गत असोजमा भएको एनपिएल अक्सनमा जनकपुर सर्वाधिक ‘भाग्यमानी’ रह्यो । ऊ चाहनाअनुसारकै खेलाडी भित्र्याउन सफल भयो । जनकपुर लक्की ड्रमा सफल देखिँदा अक्सनपछि बलियो देखियो । विदेशी खेलाडी अनुबन्धपछि जनकपुरको टिम थप सन्तुलित बनेको छ ।

पुबुदु दासानायके मुख्य प्रशिक्षक रहेको जनकपुरले विदेशी खेलाडीको रूपमा न्यूजिल्याण्डका जिमी नीशम, पाकिस्तानका मोहम्मद मोहसिन र सोएब मक्सूद, अमेरिकाका लाहिरु मिलान्था र जोसुआ ट्रोम्पलाई अनुबन्ध गरेको हो । उनीहरूमध्ये नीशम, मोहसिन र ट्रोम्प अलराउन्डर हुन् । यस्तै, सोएब र लाहिरु प्रायः शीर्षक्रमतिर ब्याटिङ गर्छन् । 



लाहिरु मिलान्था

नेपाली खेलाडीमा जनकपुरमा आसिफ शेख, अनिलकुमार साह, ललितनारायण राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुभ कंसाकार, रूपेश सिंह, तुलबहादुर थापा र अरनिको यादव रहेका छन् । उनीहरूमध्ये आसिफ ‘मार्की प्लेयर’ हुन् । 



ब्याटिङमा बलियो 

समग्र टिम हेर्दा जनकपुर ब्याटिङमा बलियो देखिन्छ । उससँग ओपनिङमा आसिफ शेख र अनिलकुमार साह रहेका छन् । उनीहरूले पछिल्लो समय राष्ट्रिय टिमका लागि पनि ओपनिङ ब्याटरको जिम्मेवारी सम्हालिरहेका छन् । र, आसिफ र अनिलले राम्रो प्रदर्शन पनि गरिरहेका छन् । यसको फाइदा अब जनकपुरले उठाउन सक्छ । 

साथै, जनकपुसँग श्रीलंकनमूलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था पनि ओपनिङ ब्याटरको विकल्प छन् । ओपनिङमा आसिफ–अनिल भएमा मिलान्थाले तेस्रो नम्बरमा ब्याटिङ गर्न सक्छन् । यस्तै, टप अर्डरमा मध्यक्रममा सोएब मक्सुद, मोहमद मोहसिन, आकाश त्रिपाठी र शुभ कंसाकार हुने छन् ।

त्यस्तै, फिनिसरको भूमिका जिमी नीशम, रूपेश यादव र जोसुआ ट्रोमले पाउन सक्छन् । नीशमले आइपिएल, बीबीएल, पिएसएललगायत विश्वकपका चर्चित लिग खेलिसकेका छन् । 

फास्ट बलिङमा कमजोर 

फास्ट बलिङमा जनकपुर युवा खेलाडीमा बढी निर्भर देखिन्छ । जनकपुरमा नीशमबोहक सबै युवा तीव्र गतिका बलर छन् । जनकपुरमा फास्ट बलर विशेषज्ञको रूपमा हेमन्त धामी र किशोर महतो मात्र रहेका छन् ।

हेमन्त धामी

उनीहरूमध्ये हेमन्तले यू–१९ एसिया कपका कारण एनपिएलको सुरुवाती खेल गुमाउने छन् । यस्तो अवस्थामा जनकपुरलाई घाटा हुन सक्छ । यद्यपि उससँग पेस बलिङका लागि जिमी नीशम र रूपेश सिंह पनि छन् । 

जनकपुर स्पिन विधामा भने बलियो देखिन्छ । उसँग स्पिनरको रूपमा ललितनारायण राजवंशी, मोहमद मोहसिन, शेर मल्ल, तुलबहादुर थापा र अरनिको यादव रहेका छन् ।  

यो पनि 

विदेशी खेलाडी अनुबन्धपछि बलियो बन्यो काठमाडौं, जित्ला एनपिएल उपाधि ?

एनपिएलमा कति ‘पावरफुल’ छ पोखरा ? को-को छन् स्टार ? 

नेपाल प्रिमियर लिग : सन्दीप नेतृत्वको विराटनगर किंग्स कति बलियो ? [भिडियोसहित] 

  • प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया