बुन्डेस लिगामा बायर्न म्युनिखले अग्सबर्गलाई ३–० ले हराएको छ ।
घरेलु मैदान एलियान्स एरिनामा भएको खेलमा बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक गरे । खेलको ६३औँ मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै बार्यनलाई सुरुवाती अग्रता दिलाए ।
इन्जुरी समयको दोस्रो मिनेटमा केभिनले रातो कार्ड पाएपछि अग्सबर्ग १० खेलाडीमा समेटियो । केनले पेनाल्टीमै गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम समयमा उनले ह्याट्रिक पूरा गरे ।
योसँगै केनले बुन्डेस लिगामा सर्वाधिक छिटो ५० गोल गर्ने कीर्तिमान बनाए । उनले ४३ खेलमा ५० गोल पूरा गरेका हुन् । यसअघि नर्वेका एर्लिङ हालान्डले बोरुसिया डर्टमन्डबाट ५० खेल खेल्दै बुन्डेस लिगामा सर्वाधिक छिटो ५० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।
जारी सिजन केनले बुन्डेस लिगामा ११ खेलमा १४ गोल गरिसकेका छन् । पाँचौं जित निकालेको बायर्न आठ अंकको अग्रतासहित तालिकाको शीर्ष स्थानमा छ । उसको ११ खेलबाट २९ अंक छ ।
दोस्रो स्थानमा रहेको लाइपजिगको १० खेलबाट २१ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।