logo-img

एनपिएलमा देखिने सर्वाधिक चर्चित पाँच विदेशी स्टार

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण सुरु हुन एक साता बाँकी छ । यही १५ मंसिरदेखि सुरु हुने एनपिएलको मिति नजिकिएसँगै आयोजक, खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक अन्तिम गृहकार्यमा छन् । विदेशी खेलाडी पनि नेपाल आउने तयारीमा जुटिसकेका छन् ।

एनपिएल टिमहरूले पहिलो सिजन नै स्मरणीय र ऐतिहासिक बनाउन केही विदेशी स्टारलाई अनुबन्ध गरेका छन् । यसैबीच यस सामग्रीमा एनपिएल खेल्ने पाँच विश्वचर्चित स्टारको चर्चा गरिएको छ । 

कर्णाली याक्ससँगको सम्झौतापछि शिखर धवन 

यो सूचीको शीर्ष स्थानमा छन्, भारतीय टिमका पूर्वओपनर शिखर धवन । उनी प्रतिखेल ३० हजार डलर पारिश्रमिक पाउने सर्तमा कर्णाली याक्समा जोडिएका छन् ।



शिखरले एनपिएलको चार म्याच खेल्ने बताइएको छ । उनी इण्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक सफल खेलाडीमा पर्छन् । शिखर आइपिएलमा सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा छन् ।

उनले आइपिएलमा २ सय २२ म्याच खेलेका छन्, जसमा शिखरले २ शतकसहित ६ हजार ७ सय ६९ रन बनाएका छन् । धवनको नाममा आइपिएलमा लगातार दुई शतक बनाउने रेकर्ड पनि छ । उनले भारतका लागि ३४ टेस्ट, १६७ ओडिआई र ६८ टी–२० आई खेलेका छन्, जहाँ शिखरले १० हजारभन्दा बढी रन बनाए ।   



एनपिएल खेल्ने अर्का विश्व चर्चित खेलाडी हुन्, न्यूजिल्याण्डका आक्रामक ओपनिङ ब्याटर​ मार्टिन गुप्टिल । उनी एनपिएलमा विराटनगर किंग्सको जर्सीमा देखिने छन् ।



गुप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको लामो अनुभव छ । उनले तीन टिमबाट आइपिएल खेलिसकेका छन् । साथै, उनीसँग बिग बास लिग (बिबिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) लगायत फ्रेन्चाइज लिग खेलेको अनुभव पनि छ ।

मार्टिन गुप्टिल

गुप्टिलले न्यूजिल्याण्डका लागि ४७ टेस्ट, १९८ ओडिआई र १२२ टी–२० आई खेल खेलेका छन् । उनले ओडिआईमा एक खेलमा अविजित २ सय ३७ रन बनाएका छन् । साथै, उनको नाममा टी–२० आईमा दुई शतकसमेत छ । 

यस्तै, एनपिएल खेल्ने अर्का विदेशी स्टार हुन्, इंग्ल्याण्डका रवि बोपारा । आइपिएल, बिबिएल, सिपिएलगायत चर्चित लिग खेलिसकेका उनले एनपिएल चितवन राइनोजबाट खेल्ने छन् ।

रवि बोपारा

रविले इंग्ल्याण्डका लागि १२०  ओडिआई, ३८ टी–२० आई र १३ टेस्ट म्याच खेलेका छन् । टी–२० आईमा उनले ७११ रन र १६ विकेट लिएका छन् । त्यस्तै बोपाराले १२० ओडिआईमा २६९५ रन बनाएका छन् । 

एनपिएलमा न्यूजिल्याण्डका स्टार अलराउन्डर जिमी नीशमलाई पनि देख्न पाइनेछ । उनले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने छन् । नीशम पनि अनुभवी खेलाडीमा चिनिन्छन् । उनले न्यूजिल्याण्डका लागि ७९ टी–२० आई, ७६ ओडिआई र १२ टेस्ट म्याच खेलेका छन् । टी–२० आईमा उनले ९४४ रन बनाउनुका साथै ३९ विकेट लिएका छन् ।

जिमी नीशम

समग्रमा भने नीशमले २८२ टी–२० मा ४ हजारभन्दा बढी रन बनाउनुका साथै २२३ विकेट लिएका छन् । उनले आइपिएल, सिपिएल, बिबिएल, पिएसएललगायत चर्चित लिग खेलिसकेका छन् । 

यस्तै, एनपिएल खेल्ने पक्का भएका अर्का विदेशी स्टार हुन्, अस्ट्रेलियाका अलराउन्डर बेन कटिङ । उनले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने पक्का भएको छ । कटिङले पनि आइपिएल, बिबिएल, पिएसएल, सिपिएललगायत विश्वकपका प्रतिष्ठित लिग खेलिसकेका छन् ।

बेन कटिङ

उनले अस्ट्रेलियाका लागि सात टी–२० आई र चार ओडिआई खेलेका छन् । समग्रमा भने उनले २१२ टी–२० म्याच खेलेका छन्, जसमा कटिङले २ हजार ९ सय रन बनाउनुका साथै १३७ विकेट लिएका छन् । 

यो पनि 

एनपिएलमा विदेशी खेलाडी : ‘गब्बर’ देखि गुप्टिलसम्म, अरू को-को अनुबन्ध ? [भिडियोसहित] 

एनपिएलमा सुदूरपश्चिमले देखाउला तुफान ? कति बलियो छ टिम ? [भिडियोसहित]

अक्सनमा ‘भाग्यमानी’ बनेको जनकपुर कति बलियो ? को-को छन् टिममा स्टार ? 

विदेशी खेलाडी अनुबन्धपछि बलियो बन्यो काठमाडौं, जित्ला एनपिएल उपाधि ?

एनपिएलमा कति ‘पावरफुल’ छ पोखरा ? को-को छन् स्टार ? 

नेपाल प्रिमियर लिग : सन्दीप नेतृत्वको विराटनगर किंग्स कति बलियो ? [भिडियोसहित] 

  • प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया