logo-img

भारतविरुद्ध अस्ट्रेलिया १०४ रनमै अलआउट, बुमराहको सानदार बलिङ

भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा घरेलु टिम अस्ट्रेलिया १ सय ४ रनमै अलआउट भएको छ । उसले पहिलो इनिङमा ५१.२ ओभर मात्र खेल्न सक्यो ।  

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ११२ बलमा दुई चौकासहित सर्वाधिक २६ रन बनाए । यस्तै, एलेक्स क्यारीले २१, ट्रभिस हेडले ११ र नाथन म्याकस्विनीले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

अस्ट्रेलियालाई सस्तैमा समेट्नेक्रममा भारतका लागि कार्यवाहक कप्तान जसप्रित बुमराहले उत्कृष्ट बलिङ गरे । उनले १८ ओभरमा ६ मेडनसहित ३० रन दिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै, हर्षित रानाले तीन र मोहम्मद सिराजले दुई विकेट हात पारे । उनीहरूको उत्कृष्ट बलिङका कारण भारतले ४६ रनको अग्रता पाएको छ । 

पर्थ स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा ४९.४ ओभरमा १ सय ५० रनमा अलआउट भएको थियो । उसका लागि नितिशकुमार रेड्डीले ५९ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ४१ रन बनाए । यस्तै, ऋषभ पन्तले ३७, केएल राहुलले २६ र ध्रुव जुरेलले ११ रन जोडे ।



बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि जोस हेजलउडले चार, मिचेल स्टार्क, मिचेल मार्श र प्याट कमिन्सले दुई/दुई विकेट लिए ।   





  • प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया