सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न आदेश दिएको छ । सर्वोच्चले गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको हो ।
त्यस्तै प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराउन पनि आदेश दिइएको छ । आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा प्रसाईँलाई उपस्थित गराउन आदेश दिएको हो ।
प्रसाईँका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए ।
प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।