logo-img

श्रेयस अय्यर बने आइपिएलका सर्वाधिक महँगो खेलाडी, २६ करोड ७५ लाखमा पञ्जाबमा अनुबन्ध
फाइल तस्बिर

भारतीय क्रिकेटर श्रेयस अय्यर इण्डियन प्रिमियर लिग (आइपिएल) मा ऐतिहासिक मूल्यमा बिक्री भएका छन् ।  

आइतबार जारी अक्सनमा उनलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गर्‍यो । यसअघि अस्ट्रेलियाका आइपिएलमा मिचेल स्टार्कको नाममा सर्वाधिक बिक्रीमा हुने खेलाडीको रेकर्ड थियो ।  

उनलाई गत वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । तर, स्टार्कको रेकर्ड एक वर्षमै तोडिएको छ । 

गत सिजन कोलकाता नाइट राइडर्सबाट खेलेका अय्यरले २ करोड भारु न्यूनतम् मूल्य राखेका थिए । उनको कप्तानीमा कोलकाताले गत सिजनमा उपाधि जितेको थियो । 



सोही कारण पनि अय्यरले आइपिएल अक्सनमा महँगो मूल्य पाएका हुन् ।  





  • प्रकाशित मिति : मंसिर ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया