logo-img

ऋषभ पन्त बने आइपिएलका महँगा खेलाडी, २७ करोडमा लखनउमा अनुबन्ध

भारतीय क्रिकेटर ऋषभ पन्त इण्डियन प्रिमियर लिग (आइपिएल) मा ऐतिहासिक मूल्यमा बिक्री भएका छन् । आइतबार जारी अक्सनमा उनी लखनउ सुपर जायन्ट्समा २७ करोड भारुमा बिक्री भएका हुन् ।

योसँगै उनले केही मिनेटमै श्रेयस अय्यरको रेकर्ड तोडे । आज जारी अक्सनमा अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । उनीभन्दा अघि आइपिएलमा अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा सर्वाधिक बिक्रीमा हुने खेलाडीको रेकर्ड थियो ।  

उनलाई गत वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । तर, स्टार्कको रेकर्ड एक वर्षमै तोडिएको छ । 

गत सिजन कोलकाता नाइट राइडर्सबाट खेलेका अय्यरले २ करोड भारु न्यूनतम् मूल्य राखेका थिए । उनको कप्तानीमा कोलकाताले गत सिजनमा उपाधि जितेको थियो ।  



सोही कारण पनि अय्यरले आइपिएल अक्सनमा महँगो मूल्य पाए । यस्तै, ऋषभले लामो समयदेखि दिल्ली क्यापिटल्सका लागि आइपिएल खेले । यसपटक भने उनी रिलिज भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया